Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । भारतको हैदराबादबाट नेपाल फर्किएका कास्कीको रुपा गाउँपालिका घर भएका ती व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । अनुसार मृतक लामो समयदेखि मुटुको रोगी रहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनको कलेजोमा पानी जमी राखेको सम्भावना गरिएको थियो ।

साथै उनलाई अस्पताल ल्याउनु अघि नै मृत्यु भई सकेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । मृतक मुटुको रोगी भए पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पो हो कि भन्ने हाम्रो प्रश्नमा डा. अर्जुन आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया