Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

अप्रिल १२ सम्म घर बाहिर ननिस्कन नगरवासीलाई गभर्नरको अपिल 

टोकियो – टोकियो गभर्नर युरिको कोइकेले राजधानीमा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा देखिएकोले आगामी अप्रिल १२ सम्म विशेष परिस्थितिबाहेक बाहिर ननिस्कन महानगरबासीलाई आग्रह गरेकी छिन् ।
बुधबार मात्रै टोकियोमा ४१ जना थप संक्रमित भेटिएपछि सोही दिन अपरान्ह भएको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर कोइकेले स्थिति थप गम्भीर बन्दै गईरहेको बताईन् । पुष्टि भएका नयाँ संक्रमितहरु मध्य १० जना ताइतो वार्डको एउटा अस्पतालसंग सम्बन्धित छन् । जहाँ १ जना नर्स र १ जना बिरामी कोरोना भाइरसबाट संक्रमित थिए ।
गभर्नर कोइकेले कोरोना संक्रमणको उच्च जोखिमलाई कम गर्न र फैलिन नदिन महानगरवासीहरुलाई सहकार्य गर्न अपिल गरिन् । उनले सकेसम्म घरबाहिर नजाने, संभवभएसम्म घरबाटै काम गर्ने, रेष्टुरेन्ट तथा मानिसहरुको भिडभाड हुने स्थानमा नजाने जस्ता महत्वपूर्ण मापदण्ड अनिवार्य पालना गर्न पनि नगरबासीलाई अनुरोध गरेकी छिन् ।

जनसंख्याका दृष्टिले बाक्लो जनघनत्व भएको राजधानी टोकियोमा स्थिति थप गम्भीर हुँदै गएको तर्फ संकेत गर्दै गभर्नर कोइकेले यो स्थितिमा संक्रमणकालिन अवस्थाकै रुपमा बुझिदिन र स्ववविवेकपूर्ण कदम चाल्न महानगरबासीलाई अपिल गरेकीछिन् ।

पुष्टि भएको पछिल्लो संख्या थपिएपछि कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय १२ पुगेको पछि जापानको कोरोना भाइरसको केन्द्रबिन्दु अहिले टोकियो भएको छ । यसअघिसम्म कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित हुनेमा होक्काइदो रहेको थियो ।
पछिल्लो जानकारीअनुसार हाल जापानमा संक्रमितहरुको संख्या १ हजार २ सय ७१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यसबाहेक डायमण्ड प्रिन्सेस पानीजहाजबाट योकोहामा आएका यात्रुहरु मध्य ७ सय १२ जनामा संक्रमण भेटिएको थियो भने १० जनाको मृत्यु भएको थियो ।
टोकियोमा संक्रमितहरुको संख्या थपिएसंगै यो क्रम जारी रहे टोकियोमा पनि ‘लक डाउन’ हुनसक्ने संभावना बढेर गएको गभर्नर केइकोले बताईन् ।
होक्काइदोमा संक्रमितहरुको संख्या अघिल्लो सातासम्म १ सय ६७ पुगेपछि त्यहाँ आपतकालिन अवस्थाको घोषणा गरिएको थियो ।

विश्वभरिका १ सय ९६ राष्ट्रबाट हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख २० हजार पुगेको छ भने १९ हजार भन्दा बढिले ज्यान गुमाइसकेको छन् । ***

तपाईको प्रतिक्रिया