Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।

बुधबार गरेको प्रेस ब्रिफिङमा संक्रमित व्यक्ति धादिङनिवासी ३२ वर्षका पुरुष रहेको पनि मन्त्री ढकालले बताए । जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो । उनी कतारबाट काठमाडौँ आएर होटलमा बसेका थिए । स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए ।

मन्त्री ढकालले होटलका मान्छे र अरु सम्भावित व्यक्तिलाई खोजतालस गरी क्वारेन्टाइन र परीक्षणमा लगिने बताए । अहिलेको परिस्थितिमा जो जहाँ छ आफ्नो ठाउँ नछोडौँ भनेर सन्देश ढकालले दिए । ती व्यक्तिको आइसोलेसनमा उपचार भइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया