Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको ‘इपिसेन्टर’ क्रमशः अन्तर्राष्ट्रिय स्तरमा सर्दै गएको जानकारहरुले बताउन थालेका छन् ।
जोन होप्किन्स युनिभर्सिटीले दिएको जानकारी अनुसार यसको इपिसेन्टर अहिले इटली रहेको र यहाँ कोरोना भाइरसका संक्रमतिको संख्या ७० हजार पुगेको छ भने मृतकको संख्या ७ हजार पुगिसकेको छ ।

यद्यपि, इटलीमा लकडाउन भएको दुई हप्ता बित्नै लाग्दा इटलीमा संक्रमित र मृतकको संख्या घट्ने अनुमान गरिएको छ । विज्ञका अनुसार कोभिड-१९ को इन्कुबेशन समय १ देखि १४ दिन हो त्यसकारण सरकारले मानिसहरुलाई घरभित्रै बस्न दिएको निर्देशनको फाइदा देखिन पूरा दुई हप्ताको समय लाग्छ ।
इटलीमा मार्च १३ तारिखमा लकडाउन गरिएको थियो अर्थात्, शुक्रबार दुई हप्ता पूरा हुनेछ । अमेरिकाले हालै केही स्थानमा यात्राको प्रतिबन्ध त लगाएको छ तर राष्ट्रियस्तरमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छैन ।
सीएनएनका अनुसार अमेरिकामा मंगलबार रातीसम्म नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ७६ संक्रमित भेटिएका छन् भने सात सय बढीको मृत्यु भएको छ । सिएनएनले सरकार र स्थानीय स्वास्थ्य विभागले दिएको जानकारीको आधारमा यो जानकारी दिएको हो । सिएनएनको विश्लेषण अनुसार मार्च ४ देखि यहाँ संक्रमितको संख्यामा २३ प्रतिशतका वृद्धि भएको छ । यद्यपि, जनस्वास्थ्य विभागलगायत अमेरिकी स्वास्थयकर्मीले सबैभन्दा खराब स्थिति अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।***

तपाईको प्रतिक्रिया