Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालको प्रयोगशालामा हुने कोरोना भाइरस (कोभिड-१९) परीक्षण विश्वसनीय र भरपर्दो रहेको बताएको छ । नेपालमा गरिएका सबै परीक्षणमा डब्लुएचओको मापदण्ड पूरा गरिएको उसको भनाइ छ ।

नेपालको परीक्षण विश्वसनीय छैन भन्दै हल्ला फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डब्लुएचओका विज्ञहरुलाई अनुगमनको लागि आग्रह गरेको थियो । डब्लुएचओका विज्ञ जोनाथन एस्क्रप्टलगायतको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने परीक्षणको गत मार्च १३ देखि एक सातासम्म सूक्ष्म अध्ययन गरेको थियो ।

डब्लुएचओले नेपालको ल्याबमा स्तरीय जनशक्तिले काम गरिरहेका उल्लेख गरेको छ । जनसंख्याको अनुपातमा अहिलेको प्रयोगशालाको क्षमता कम रहेकोले त्यसलाई बढाउन उसले सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यहींका कतिपय व्यक्तिले नेपालको कोरोना परीक्षण स्तरीय छैन भन्दै भ्रम फिंजाएको बताए ।

डब्लुएचओले दिएको प्रतिवेदनले उक्त भ्रम निवारण भएको उनको भनाइ छ । ‘यहाँको कोरोना टेस्ट डब्लुएचओकै मापदण्ड र गाइडलाइन अनुसारै भइरहेका छन्, त्यसमा आशंका नगर्न म आग्रह गर्दछु ।’ उनले भने ।

तपाईको प्रतिक्रिया