Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

चितवन – भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मंगलबार विहान मृत्यु भएका वीरगञ्जका युवा मिर्गौला रोगी भएको अस्पतालले जनाएको छ । मृतक वीरगन्ज-२२, जगननाथपुरका ३० वर्षीय सन्तोष यादव रहेका छन् ।

‘पहिल्यैदेखि लुपस भन्ने रोगले मिर्गौला कमजोर भएको अवस्थामा उपचारको लागि अस्पताल ल्याइएको थियो । उच्च ज्वरो र निमोनियाको समस्या देखिएपछि अस्पतालमा चिकित्सकले उपचार जारी राख्दाराख्दै उनको मृत्यु भएको थियो,’ अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही समयदेखि मिर्गौलाको उपचार गराइरहेका ती युवालाई उच्च ज्वरो र निमोनियाको समस्या देखिएपछि परिवारले उपचारका लागि चितवन मेडिकल कलेज ल्याएको थियो । कोरोना आशंका गरिएपछि उनलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइतबार भर्ना गरिएको थियो ।

सोमबार दिउँसोबाट स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि उनलाई आइसियुमा राखिएको थियो । आइसियुमै उपचारका क्रममा मंगलबार उनको निधन भएको अस्पतालले जनाएको छ। शवलाई अस्पतालमै राखिएको छ । उनमा कोरोना संक्रमण थियो या थिएन भन्ने यकिनका लागि ‘स्वाब’को नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइसकिएको अस्पतालले बताएको छ ।

तपाईको प्रतिक्रिया