Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

चितवन – भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको बिहान मृत्यु भएको छ । उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको नतिजा भने नआइसकेको अस्पतालले जनाएको छ ।

वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए । ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो । उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो । कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो ।

तपाईको प्रतिक्रिया