Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौँ – रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ ।

विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ । तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ । यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ । यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ । कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ ।

शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले सरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन् । रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारेमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

बिभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने सरीरले चाहन्छ । यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै सरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन् ।यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया