Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – मेडआएक्सआईभी नामक स्वास्थ्य वेबसाइटमा प्रकाशित एक अध्ययन अनुसार, धूम्रपान गर्ने व्यक्तिको फोक्सोमा एसीई२ जिन एक्सप्रेसन धूम्रपान नगर्नेको फोक्सोको तुलनामा निकै बढी रहेको पाइएको छ । एसीई२ ले मानिसमा कोरोनाभाइरसको जोखिम थप बढाउँछ ।

एसीई२ जिन धूम्रपान गर्ने बानी भएका सबैको कोषिकामा देखिन्छ ।

यसअघि चाइनिज मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनमा पनि धूम्रपान गर्ने बानी भएकाहरूमा कोभिड–१९ बढ्ने जोखिम रहेको देखाएको थियो । त्यसैले चुरोट पिउनेहरूलाई कोरोनाभाइरसको उच्च जोखिमयुक्त व्यक्ति मानेर विशेष उपचार गराउनु उपयुक्त हुन्छ ।

धूम्रपान गर्नेहरू कठोर कोरोनाभाइरस संक्रमणको १४ गुणा बढी जोखिममा हुन्छन् र उनीहरूलाई निमोनिया लाग्ने सम्भावना पनि १४ प्रतिशत बढी हुन्छ, चाइनिज मेडिकल जर्नलमा फेब्रुअरी महिनामा प्रकाशित एक अध्ययनले देखाएको छ ।

पहिलेका भाइरसहरू मर्स वा सार्स जस्तै कोभिड–१९ ले फोक्सोमा तथा श्वासप्रश्वास प्रणालीका अन्य भागमा आक्रमण गर्छ र धूम्रपान गर्नेहरू यसको उच्च जोखिममा हुन्छन् ।

अघिल्ला अनुसन्धानहरूमा धूम्रपानले फोक्सो र श्वासप्रश्वास प्रणालीमा क्षति गर्नुका अलावा क्रोनिक हेपाटाइटिस सी भाइरसलाई पनि उत्तेजित गर्ने देखाएका छन् । अनि धूम्रपानले क्यान्सरबाट मरिने जोखिम पनि बढाउँछ ।

यसका साथै धूम्रपान गर्नेहरू मुटु तथा रक्तनलीका अन्य रोगहरूको पनि उच्च जोखिममा हुन्छन् ।

तपाईको प्रतिक्रिया