Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौँ -विश्वभर कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

गएको चौबीस घन्टामा कोरोना संक्रमणबाट विश्वभर १८ सय ६० जनाले ज्यान गुमाएका छन्।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय १० पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो मंगलबार बिहान सम्मको तथ्यांक हो।

कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा ६ सय १ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ। त्यहाँ ६३ हजार ९ सय ९७ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १९४ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ७८ हजार ८ सय ४२ जनामा यसको संक्रमण पुष्टी भएको छ। १ लाख दुई हजार ६२ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ५३९, अमेरिकामा १३९, इरानमा १२७, फ्रान्समा १८६, युकेमा ५४, नेदरल्याण्डमा ३४, स्वीटजरल्यान्डमा २२, इन्डोनेसियामा १, भारतमा ३ जनाले ज्यान गुमाएका छन्।

यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १० पुगेको छ। त्यहाँ ४ सय ९९ जनामा संक्रमण देखिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया