Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ  – फ्रान्सबाट आएकी काठमाडौंकी किशोरीलाई कोरोना भाइरसका. संक्रमण पुष्टि भएपछि उनीसँगै आएका युवक जन्मघर बाग्लुङको ढोरपाटन पुगेको खुल्यो । किशोरी चढेको विमानमा यात्रा गर्नेहरुबारे समेत जानकारी लिंदा ती युवकबारे पत्ता लागेको हो ।

संक्रमित युवतीसँगै आएका ती युवक एक रात काठमाडौंमा बसेर बाग्लुङ पुगेका थिए । उनी बसेको स्थान र यात्रा गरी गएको सवारीलगायतको वृस्तृत विवरणहरु पत्ता लगाइएको बुझिएको छ । युवकसँग सम्पर्कमा आएका सबैलाई आइसोलेशनमा बस्न भनिएको छ ।

युवकलाई पैदल यात्रामार्फत आज बुर्तिबाङ बजार लगिने भएको छ । युवकसँगै आएकी किशोरीलाई संक्रमण भएको जानकारी पाएपछि गाउँमात्र नभई ढोरपाटन नगरपालिका र बाग्लुङमा समेत त्रास बढेको छ । युवकलाई आइसोलेसनमा राखेर परीक्षण गर्ने तयारी भइसकेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया