Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – उपत्यकामा ६९ निजी शैक्षिक संस्थालाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने भएको छ । संस्थाका दुई हजार एक सय पाँच कक्षाकोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आवश्यक तयारी भएको छ । दुई हजारजना अट्ने कक्षाकोठा माग गरिएपछि निजी शैक्षिक संस्थाका पदाधिकारीले ६९ शैक्षिक संस्थाको सूची प्रस्ताव गरी बुझाएका थिए ।

पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबारको बैठकमा प्याब्सन, एनप्याक्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार व्यक्ति अट्ने होस्टेलरस्कुलको स्थानसहितको विवरण तयार गरी पेस गर्न आग्रह गरिएको थियो । हिसानका महासचिव लोकबहादुर भण्डारीले सोमबार संयुक्त रूपमा क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने शैक्षिक स्थलको विवरण बुझाएको बताए । निजी शैक्षिक संस्थाले बुझाएको विवरणअनुसार सरकारी अधिकारीले अनुगमन गरी उपयुक्तलाई छनोट गर्नेछ ।

तपाईको प्रतिक्रिया