Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

‘अझै ३ साता अति संवेदनशिल पिरियड’

टोकियो – जापानको राजधानी टोकियो महानगरकी गभर्नर युरिको कोइकेले कोरोना भाइरसको संक्रमण अझ बढ्ने स्थिति आएमा टोकियो सिटीमा पनि लक-डाउन गर्न सकिने बताएकीछिन् ।
यस्तो स्थितिबाट बच्न सबै महानगरबासी तथा कार्यक्रम आयोजकहरु सजग रहन उनले अपिल गरेकीछिन् ।

सोमबार पत्रकारहरुसंग कुरा गर्दै गभर्नर केइकोले अझै तीन हप्ता जति अति संवेदनशील पिरियड मानिएको छ, यो अवधिमा अत्यधिक जनसंख्या भएको टोकियोमा विस्फोटक रुप पनि लिनसक्ने जोखिम उत्तिकै भएकोले सबैले उच्च साबधानी अपनाउन आग्रह गरिन् । उनले भनिन् – ’यसै भन्न सकिन्न, विकसित घटनाक्रमले के देखाउँछ, सोही अनुसार कदम चालिने छ, तत्काललाई टोकियो महानगर स्वघोषित लक-डाउन भएको मान्दै कडा मापदण्ड पालना गरिदिन आग्रह गर्दछु । मानव जीवन जोखिमको हिसाबले डरलाग्दो महामारीको यो अत्यन्त संवेदनशील घडिमा समस्त महानगरबासीको सौहार्द्रपूर्ण सहकार्य एवं उच्च सतर्कताको अपेक्षा गरेकी छु ।’

विज्ञहरुको टोकियो महानगरिय परामर्श एजेन्सीका अनुसार हालसम्म टोकियोमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या१ सय ३८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ रहेको छ । संक्रमितहरुको हालसम्मको वृद्धिदर हेर्दा अप्रिल पहिलो सातासम्म यो संख्या बढेर ५ सय ३० पुग्ने प्रक्षेपण गरिएको छ ।***

तपाईको प्रतिक्रिया