Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस बारेको सूचना सरकारले नलुकाउने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण वा यससम्बन्धी सूचनाहरु जनतासामु ल्याउने बताए ।

उनले भने ‘पोजिटिभ देखिएमा सूचना लुकाउने कुरा नै आउँदैन, राज्यले सूचना लुकाउँदैन । यो पारदर्शी ढङ्गले बाहिर आउँछ ।’ अहिले समय अलि प्रतिकूल भएको कारण सूचना प्रवाहमा सरलता नभए पनि सरकारले सूचना नलुकाउने उनको भनाइ छ । पत्रकार सम्मेलनमार्फत मन्त्रालयले फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ ।

कतारबाट आएका अन्य व्यक्तिमा पनि कोरोना संक्रमणबारेमा चेकजाँच भइरहेको मन्त्री ढकालले जानकारी दिए । सरकारले सोमबारदेखि भारत र चीनका दुबै सिमानाका बन्द गराएको छ भने कोरोनाको संक्रमणबाट बच्न र त्यसको तयारी गर्न ५० करोड रुपैयाँ छुट्याएको छ । सीमानाका बन्द गर्दा अत्यावश्यक सामग्रीहरुको पनि अभाव हुन सक्नेतर्फ संकेत गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै सामान अपुग भएमा प्लेनबाटै सामान आयात गर्नेगरी प्लेनसमेत स्ट्याण्डबाई राखिएको बताए ।

तपाईको प्रतिक्रिया