Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अघिल्लो वर्षको डिसेम्बरदेखि चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले १ सय ८८ देशमा पुगेको छ । जसबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६ सय ३८ जनाको ज्यान गएको छ।

विश्वभर महामारीको रुप लिएको कोरोनाबाट आइतबार बिहानसम्म ३ लाख ६ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये शनिबार मात्रै ३१ हजार २ सय ९५ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये ९ हजार ३ सय ८२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने १ लाख ९९ हजार ६९ जना उपचारपछि घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो समय सबैभन्दा बढी कोरोना भाइरुसको संक्रमण इटलीमा देखिएको छ । शनिबार मात्रै इटलीमा ७ सय ९३ जनाको ज्यान गएको छ भने ४ हजार ८ सय २५ जना संक्रमित भएका छन् ।

शनिबार इटलीसंगै स्पेनमा २ सय ८५, अमेरिकामा ६८, इरान १ सय २३, फ्रान्समा १ सय १२, यूकेमा ५६, नेदरल्याण्ड ३०, बेल्जियम ३० र टर्कीमा १२ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया