Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – गत डिसेम्बर महिनादेखि चीनको वुहानबाट सुरु भएको विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशियामा पनि बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमणले इटली, इरान, स्पेन लगायतका देशहरुमा हाहाकार मच्चिरहँदा दक्षिण एशियामा पनि कोरोनाको त्रास बढेको छ ।
शनिबार बिहानसम्म सार्कका ८ देशमा ८ सय १३ संक्रमित भएका छन् भने ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

चीन लगत्तै नेपालमा देखिएको कोरोनाको संक्रमण हाल भने नेपालमा शून्य छ । चीन लगत्तै नेपालमा देखिएको कोरोना संक्रमित उपचारपछि ठिक भएको र त्यसपछि कोहीपनि कोरोनाका बिरामी फेला नपरेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले जनाएको छ। हालसम्म ५ सय बढी संकास्पद बिरामीको कोरोना टेष्ट गरिएको र कसैको पनि पोजेटिभ नदेखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिएका छन् ।

उनका अनुसार अहिलेसम्म करिब ५ सय जना शंकास्पद बिरामीको कोरोना टेष्ट गरिएकोमा अहिलेसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।

सार्क मुलुकमध्ये सबैभन्दा बढी कोरोनाको संक्रमण पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा शनिबार बिहानसम्म ५ सय १ जना संक्रमित फेला परेका छन् । जसमध्ये ३ जना संक्रमितले ज्यान गुमाएका छन् भने १३ जना नागरिक उपचारपछि घर फर्किएका छन् ।
सार्क मुलुकमध्ये भारतमा कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । भारतमा हालसम्म ५ जनाको ज्यान गएको छ । भारतमा हालसम्म २ सय ४९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये शुक्रबार मात्रै २१ जना नयाँ संक्रमित फेला परेका हुन् । २३ जना भारतीय नागरिक उपचार पछि घर फर्किसकेका छन् ।

बङ्गलादेशमा कोरोनाको संक्रमणबाट २१ जना संक्रमित भएका छन् । जसमध्ये १ जना नागरिकको ज्यान गएको छ । ३ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
सार्क मुलुक श्रीलंकामा शनिबार बिहानसम्म ७३ जना कोरोना भाइरस संक्रमित मानिस फेला परेका छन् । जसमध्ये ३ जना मानिस उपचारपछि घर फर्किसकेका छन् ।

भुटानमा कोरोनाबाट जम्मा २ जना संक्रमित फेला परेका छन् । २ जना संक्रमित फेला परेपनि भुटानमा कोरोना भाइरसको प्रभाव स्थिर देखिएको छ।
अफगानिस्तानमा हालसम्म २४ जना कोरोना संक्रमित फेला परेका छन् । अफगानिस्तानमा पनि कोरोना संक्रमण स्थिर छ ।
सार्क राष्ट्र मध्येको सबैभन्दा सानो मुलुक माल्दिभ्समा पनि कोरोनाको संक्रमण देशिएको छ । माल्दिभ्समा हालसम्म १३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्य २ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

कोरोना संक्रमित कम देखिएपनि कोरोनाका उच्च जोखिममा सार्क मुलुक रहेको भन्दै भारतीय प्रधानमन्त्रीको सक्रियतामा सार्क राष्ट्रको कोरोनाभाइरस विरुध्द साझा रणनीति बनाउन भिडियो कन्फेरेन्स गरिएको थियो । सोहि भिडियो कन्फेरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना नियन्त्रणका लागि सार्क आपतकालीन कोष स्थापना गर्ने र कोषमा भारतले तत्काल १० मिलियन अर्थात (एक करोड अमेरिकी डलर) दिने घोषणा गरेको छ।
यस्तै नेपाल सरकारले पनि कोरोना भाइरस (कोभिड १९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषण गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ११ हजार ३ सय ९७ जनाको ज्यान गएको छ । यस्तै शनिबार बिहानसम्म १ सय ८६ देशमा देखिएको कोरोनाका संक्रमणबाट २ लाख ७५ हजार ७ सय ८४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ७ सय ६५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
शुक्रबार मात्रै ३० हजार ८ सय ५१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने १ हजार ३ सय ६६ जनाको ज्यान गएको छ । ***

तपाईको प्रतिक्रिया