Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – भारतको महाराष्ट्रमा आजमात्र ११ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । योसँगै महाराष्ट्रमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६३ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । बिहानसम्म २ सय ५० मा रहेको संक्रमण दिउँसो आइपुग्दा २ सय ८२ जनमा देखिएको भारतीय अधिकारीहरुले जनाएका छन्। आजमात्र देशभरि ३२ जना संक्रमित व्यक्ति थपिएका छन् । त्यस्तै युपीका स्वास्थ्य मन्त्री जय प्रताप सिंहले कोरोना भाइरसको आशंका स्वास्थ्य परीक्षण गराएका छन् ।

परीक्षणको रिपोर्ट नेगेटिभ आएको समाचार एजेन्सी एनआइले जानकारी दिएको छ । महराष्ट्रसँगै केरलमा ४०, दिल्लीमा २६, उत्तर प्रदेशमा २४, राजस्थानमा १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया