Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा पहिलोपटक एक जनामा पनि नयाँ संक्रमण नभएको पाइएको छ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार उहानमा बुधबार कोरोना भाइरसका एक जना पनि नयाँ संक्रमित नभेटिएका हुन्।

यो संक्रमण फैलिएयता त्यो पनि सुरुवात भएको ठाउँमै संक्रमण वृद्धि शून्यमा झरेको यो पहिलो घटना हो।

चीनको उहानले बुधबार कोरोना भाइरसबाट कोही पनि नयाँ संक्रमित नभएको जानकारी गराएको सिन्ह्वाले जनाएको छ।

चीनले यसलाई कोरोना महामारीविरुद्धको जारी युद्धमा अहिलेसम्मकै ठूलो सफलता ठानेको छ।

गत डिसेम्बर अन्तिम साता चीनकाे हुबेई प्रान्तको उहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो।

तर बुधबार पहिलोपटक उहानमा नयाँ संक्रमण नपाइएको स्थानीय अधिकारीले बताएका छन्।

उहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएकाे त्यहाँकाे स्वास्थ्य आयाेगले जनाएकाे छ।

आयाेगका अनुसार पुराना बिरामी भए पनि बुधबार नयाँ भने काेही नदेखिएकाे हाे।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया