बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौँ – अमेरिका र क्यानडाले आपसी समझदारीमा सिमाबन्द गर्ने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि यी दुई देशले आपसी समझदारीमा बोर्डर बन्द गर्ने सहमति गरेका हुन्

यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै दिएका छन् । क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडेसँगको वार्तालाप पछि व्यापार नरोक्ने तर, सिमाबन्द गर्ने सहमति भएको हो । क्यानडाले अमेरिकाबाट ७५ प्रतिशत सामानहरु आयात गर्दै आइरहेको छ । यसले दुई देशको व्यापारमा कुनै अवरोध नआउने समेत बताइएको छ ।एक दिनमा अमेरिका र क्यानडाको सिमा झण्डै २ बिलियन डलर बराबरको कारोबार हुँदै आइरहेको छ । अमेरिकामा कोरोना भाइरसका कारण १५१ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ४२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ९२६९ पुगेको छ । अमेरिकामा मंगलबारमात्रै २८५८ जना नयाँ केशहरु देखिएका छन् ।

त्यस्तै क्यानडामा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ भने ७२७ जना भाइरसबाट संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया