Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको थियो ।

उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । शनिबार संकलन भएका रिपोर्टहरुको नतिजा आइतबार बेलुकी मात्र आएको थियो । उनका अनुसार कोरोनाको आशंकामा नेपालगञ्ज, धनगढी, पोखरा, लुम्बिनी, चितवन, विराटनगर लगायत काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र विभिन्नि निजी अस्पतालबाट नमुना प्रयोगशालामा पठाइएको थियो ।

योसँगै कोरोनाको आशंकामा परीक्षण गरिएको नमुनाको संख्या ४ सय ७८ पुगेको छ । जसमध्ये हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो । प्रयोगशालामा हाल दैनिक १० देखि १५ वटा नमुना परीक्षण हुने गरेको गुप्ताले जानकारी दिए । नमुना परीक्षणको रिपोर्ट आउन २४ देखि ४८ घन्टा लाग्छ । आवश्यक परे दैनिक ६ सय बढी नमुना परीक्षण गर्न सक्ने क्षमता आफूहरुसँग भएको प्रयोगशालाले जनाएको छ ।

तपाईको प्रतिक्रिया