Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – स्कटल्यान्डमा कोरोना भाइरस संक्रमणबाट बचेका एक व्यक्तिले आफ्नो अनुभव सेयर गरेका छन् । बीबीसीसीसँग कुरा गर्दै ५० वर्षे यी व्यक्तिले आफ्नो अनुभव सेयर गरेका हुन् ।

उनी २५ फ्रेबुअरीमा इटालीबाट फर्किएका थिए । उनले भनेका छन्, ‘मैले पहिले त कुनै पनि लक्षण महसुस गरेको थिइनँ ।’ तर, त्यसको दुई दिनपछि नै उनले आफूलाई फ्लू भएको अनुभव गरेका रहेछन् । ‘हल्का ज्वरो पनि आएको थियो,’ उनले भने, ‘म कापिरहेको पनि थिएँ । तर, योभन्दा सबैभन्दा बढी मैले महसुस गरेको लक्षण भनेको मलाई भएको पीडा थियो । मेरा खुट्टा निकै गलेका थिए । कतिसम्म भने मैले राम्रोसँग सुत्न पनि सकेको थिइनँ ।’

एक मार्चमा उनको परीक्षण भएछ । अनि उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनलाई अस्पतालमा नै भर्ना गरियो । त्यहाँ आफूलाई थप लक्षण नबिग्रियोस् भनेर हेरचाह गरिएको थियो । ‘अस्पताल जाँदासम्म पनि मलाई ठिक लागिरहेको थियो,’ उनले भनेका छन्, ‘फ्लुका लक्षण छिटो ठिक हुन्छन् भन्ने सोचेको थिएँ । नभन्दै त्यस्तो भयो । मलाई विस्तारै ठिक हुँदै गयो ।’ उनले भनेका छन्- मानिसहरु यसबाट आत्तिनु हुँदैन, यो ठिक हुने भाइरस हो ।

तपाईको प्रतिक्रिया