Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – शंका लागेर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका चार जनामा कोरोना भाइरसको संक्रमण नरहेको प्रयोगशाला परीक्षणको रिपोर्टले देखाएको छ ।

रिपोर्ट आएपछि अस्पतालले शुक्रबार तीन जनालाई ‘डिस्चार्ज’ गरेको डा. अनुप बास्तोलाले बताए । उनका अनुसार चारमध्ये ५६ वर्षीया महिलालाई निमोनियाको समस्या देखिएकाले अर्को वार्डमा सारेर उपचार जारी राखिएको छ ।

अमेरिकाबाट आउँदा कतारको ट्रान्जिटमा पाँच घण्टा बस्नुपरेपछि उनलाई छातीसम्बन्धी समस्या देखिएको थियो । त्यसपछि उनी आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । दुई पटक परीक्षण गर्दा पनि कोरोना नदेखिएको डा. बास्तोलाले बताए ।

तपाईको प्रतिक्रिया