Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरूले यस विरुद्ध लड्न साझा रणनीति बनाउनु पर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ट्विट गरेर कोरोना भाइरस विरुद्ध लड्न सार्क राष्ट्रका नेताहरूलाई कडा रणनीति बनाउन प्रस्ताव गरेका हुन् । त्यसका लागि उनले भिडियो कन्फेरेन्समार्फत नै छलफल गर्न सकिने बताएका छन् ।

‘म सार्क राष्ट्रका नेताहरूलाई कोरोनाभाइरस विरुद्ध लड्नका लागि कडा रणनीति तय गर्नका लागि प्रस्ताव गर्न चाहन्छु,’ उनले ट्विटमा लेखेका छन् ‘हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि हामी भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौँ । हामी विश्वका लागि उदाहरण पनि बन्न सक्छौं, र पृथ्वीलाई स्वस्थ राख्नका लागि योगदान पुर्‍याउन सक्छौं ।’

तपाईको प्रतिक्रिया