Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – गत डिसेम्बरको अन्त्यतिरबाट छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरसको माहामारीले यतिबेला युरोपलाई बढी चिन्तित बनाएको छ । बिहीबार अपरान्हसम्ममा इटालीमा ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १० हजार ५ सय ९० जना बिरामीको उपचार भइरहेको छ ।

इटालीमा कोरोनाको भयावह स्थिति आएको एक साता पनि भएको छैन । इटालीसहित बुधबार र बिहीबार डेनमार्कमा पनि यो रोग तीव्ररुपमा फैलिएको छ । त्यसैगरी अमेरिका, अष्ट्रिया लगायतका देशमा पनि कोरोनाले उच्च गति लिइरहेको छ । दक्षिण कोरियामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ६६ जना पुगेको छ भने बिहीबार मात्रै १ सय १४ जना नयाँ बिरामी देखिएका छन् ।
छिमेकी देश भारतमा पनि ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने त्यसमध्ये ११ जना बिहीबार मात्रै पुष्टि भएका बिरामी छन् ।
भारतमा समेत कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेपछि उसले मार्च १३ देखि लागू हुनेगरी आफ्नो पूरै देश लक डाउन गरेको छ । भारतले भारत आउने पर्यटकलाई मात्रै होइन, आफ्नै देशका नागरिकलाई समेत भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

युरोपका कतिपय देशले सीमा वा पूरै देश लक डाउन गरिसकेका छन् । कतार लगायतका खाडी मुलुकले पनि आफ्नो देशको प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ ।

तर नेपालमा भने हालसम्म एकजनालाई मात्रै कोरोना भाइरसको संक्रमण देखिएको र उनी पनि निको भएर गइसकेकाले अहिलेसम्म नयाँ बिरामी फेला परेका छैनन् । हालसम्म कोरोनाको आशंकामा ४ सय ५० जनाको नमुना परीक्षण हुँदा एक जनामा मात्रै संक्रमण पुष्टि भएको हो । रिपोर्ट जे आएपनि जनस्वास्थ्य विज्ञहरु भने नेपाल खतराको सूचीमै रहेको बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डाक्टर निरज बम कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि सरकारले जस्तो पूर्वतयारी गर्नुपर्ने थियो, त्यो भने गर्न नसकेको बताउँछन् ।
डा. बमका अनसार सरकारले सकिन्छ भने तत्कालै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउनुपर्ने हुन्छ । सकिन्छ भने सबै देशबाट नेपाल आउने पर्यटकलाई रोक लगाउनुपर्ने र सकिँदैन भने पनि कोरोना संक्रमण बढी भएका देशहरुबाट नेपाल आउने पर्यटकलाई रोक लगाउनुपर्ने उनको सुझाव छ ।
उनी भन्छन्, ‘सरकारले इटाली र कतारले जस्तो त गर्न सक्छ कि सक्दैन, मलाई थाहा छैन । तर पनि कम्तीमा २ साताका लागि विदेशी पर्यटकलाई आउन रोक्नुपर्छ । रोक्न सकिँदैन भने पनि उनीहरुलाई नेपाल नआइदिन आग्रह गर्नुपर्छ ।’
तर नेपालले हालसम्म त्यस्तो ट्राभल एडभाइजरी जारी नगरेको भन्दै यसले भविष्यमा समस्या ल्याउन सक्ने पनि उनले चिन्ता जाहेर गरेका छन् । उनी भन्छन्, ‘नेपालले जसरी सतर्कता अपनाउनु पर्थ्यो त्यो अपनाएको छैन । चीनमा त केही कमी भएको छ, तर युरोपेली मुलुकहरुमा थप फैलिएको कारण यसले थप समस्या ल्याउन सक्छ । त्यसकारण नेपाल सरकारले अब स्वास्थ्य चेकजाँज र सीमामा चेकजाँजका लागि विशेष व्यवस्था अपनाउनै पर्छ ।’

छातीरोग विशेषज्ञसमेत रहेका डाक्टर बमका अनुसार नेपालमा कोरोना संक्रमणको खतरा विदेशी पर्यटकबाट भन्दा पनि विदेशबाट आउने नेपालीबाटै भएको बताउँछन् । यदि उनीहरुलाई निगरानी नगर्ने हो भने त्यसबाट उत्पन्न हुने खतरा भयावह बन्नसक्ने बमको जिकिर छ ।रासस  ***

तपाईको प्रतिक्रिया