Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

बेइजिङ – चिनियाँ चिकित्सा वैज्ञानिकहरुले एन्टीबडी परीक्षणबाट १५ मिनेटमा कोरोना भाइरस भए-नभएको पत्ता लगाउन सकिने द्रुत विधिको टेस्ट किटको विकास गरेका छन् । औंलाको टुप्पोबाट निकालिएको रगत परीक्षणबाट नोभेल कोरोना भाइरस जाँच गर्न सकिने भएको हो ।

चिनियाँ चिकित्सा विज्ञ जोउ नानशान नेतृत्वको कार्यदलले भनेको छ, ‘नोभेल कोरोना भाइरसको संक्रमण भएका तर लक्षण नदेखिएका र कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको वास्तविक र चाँडो कोरोना भए-नभएको जाँच गर्ने उद्देश्यले एन्टिबडी परीक्षण विधिको  विकास गरिएको हो ।’

उक्त कार्यदलका अनुसार नयाँ परीक्षण विधि चीनभरका विभिन्‍न आठवटा क्लिनिल साइटमा परीक्षण गरिएको हो । यो नयाँ किटमा कुनै पनि किसिमको कमजोरी नभएको र क्लिनिकल संवेदनशीलता, विशिष्टता र क्लिनिकल प्रभावकारीतालाई प्रमाणित गरिएको बताइएको छ ।

न्युक्लिक एसिड आरटी-पीसीआरबाट कोरोना जाँचको नतिजाका लागि तीन-चार घण्टा लाग्‍थ्यो । यो किटले एन्टिबडीमार्फ मानिसको रगतमा कोरोना भाइरस छ कि छैन भनेर १५ मिनेटमै नतिजा दिन्छ । यसमो समग्र परीक्षण संवेदनशीलता ८८ दशमलव ६६ प्रतिशत र ९० दशशलव ६३ प्रतिशत विशिष्टिकृत हुने बताइएको छ ।-ग्लोबल टाइम्स

तपाईको प्रतिक्रिया