बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – कोरोना भाइरस ‘कोभिड-१९’को प्रकोप सयभन्दा बढी मूलुकमा पुगिसकोको छ । बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन् ।

कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन् । हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी, अमेरिका र जापानमा कोरोनाको प्रभाव बढ्दै गएको छ ।

जापानमा कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाएका छन् ।

यसैगरी दक्षिण कोरियामा थप २४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सातहजार ७७५ पुगेको छ । त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । –सिन्ह्वा

तपाईको प्रतिक्रिया