बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – राप्रपा (संयुक्त) का नेता सुनिल थापाले राप्रपा र राप्रपा (संयुक्त) बीचको एकता घोषणासभालाई बहिष्कार गरेका छन् । राजधानीमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता सुनिल थापा अनुपस्थित भएका छन् ।

यसअघि नेता थापाले विक्रम पाण्डे लगायतका रापपाका नेतासहित कांग्रेस प्रवेश गर्ने तयारी गरेको हल्ला राजनीति वृत्तमा चलेको थियो । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका थापा रापपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा हुन् ।

तपाईको प्रतिक्रिया