बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – कोरोनाको आशङ्कामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । कोरियाबाट फर्केका दुवैलाई मंगलबार आइसोलेसनमा राखिएको अस्पताल हो ।

रुघाखोकी र ज्वरो आएपछि उनीहरू अस्पताल पुगेका थिए । कोरियाबाट फर्केकाले पनि उनीहरूमा कोरोनाको संक्रमण हुनसक्ने आशङ्का गरिएको छ । कोरियामा अहिलेसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भइसकेको छ भने ७ हजार ५ सय १३ जना संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया