बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – भारतले थप तीन देशको आवगमनमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि भारतले थप तीन देशको आवगमनमा प्रतिबन्ध लगाएको हो ।

कोरोना भाइरसबाट बच्‍न भन्दै भारतले युरोपियन देशहरु फ्रान्स, जर्मनी र स्पेनको आवगमनमा प्रतिबन्ध लगाएको छ । ती देशहरु पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको बताइएको छ ।

यसअघि कोरोना भाइरसको उदगम राष्ट्र चीनलाई फेब्रुअरी ५ मै आवगमन बन्द गरेको थियो भने इटाली, इरान, जापान र दक्षिण कोरियालाई मार्च ३ मा आवगमनमा प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया