बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहानै शक्तिशाली बम विस्फोट भएको छ। भक्तपुर जिल्ला मध्यपुर थिमि लोकन्थली वडा नं १ स्थित मनहरा प्लानिङमा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान बिहान अन्दाजी समय ७ ५० बजे विष्फोट भएको हो ।

भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको बा १९ च४७८१ नं को डेलिभेरी भ्यानको अगाडि को सिसा फुटेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । कपिल केसी र कुबेर घिमिरे को घरको सिसा फुटेको छ ।

विस्फोट कसले र किन गरायो भन्ने एकिन भइनसके पनि नेत्रविक्रम चन्द ‘विप्लव’समूहले बिस्फोट गराएको प्रहरीको आशंका छ । विप्लव समूह बिरुद्ध कटु आलोचना गर्दै आएका बाँस्कोटा मन्त्री हुदा नै विप्लव समूहको ‘टार्गेट’मा थिए । विप्लव समूहको ‘टार्गेट’मा रहेकै कारण उनलाई मन्त्री भएको बेला प्रहरीको थप पछुवा समेत दिइएको थियो ।

बुधबार सरकारले ‘विप्लव’समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको छ । यही दिनलाई पारेर ‘विप्लव’समूहले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया