बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – लामो समयदेखि राइड सेयरिङका रूपमा रहेका टुटल तथा पठाओ सञ्चालनका विषयमा रहँदै आएको विवाद फेरि बल्झिएको छ । ट्याक्सी व्यवसायीले मंगलबार यातायात व्यवस्था विभाग घेराउ गर्दै टुटल र पठाओ बन्द गर्न माग गरेपछि यो विवाद फेरि बल्झिएको हो । ट्याक्सी व्यवसायीले पटक–पटक टुटल, पठाओ बन्द गर्न माग राखेर आन्दोलन गर्दै आएका छन् ।

निजी प्रयोजनका लागि निकालिएका सवारी साधनमा यात्रु बोक्न नपाइने भन्दै ट्याक्सी व्यवसायीहरू यातायात विभाग पुगेका थिए । टुटलले मोटरसाइकल तथा पठाओले मोटरसाइकल र उपत्यकामा चल्ने सामान्य ट्याक्सीलाई पनि आफूसँग आबद्ध गराएर मोबाइल एपमार्फत सञ्चालन गर्दै आएको छ ।

सरकारले टुटल र पठाओलाई नियमन गरेर सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री र विभागीय मन्त्री टुटल र पठाओलाई नियमन गरेर सञ्चालन गर्ने पक्षमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसको जिम्मा मंसिरमै विभागलाई दिए पनि विभागले नियम कानुन बनाउने तथा नियमन गर्ने विषयमा गम्भीरता देखाएको पाइएको छैन । विभागका प्रमुख गोगनबहादुर हमालले संघीय सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकमा राइड सेयरिङसम्बन्धी व्यवस्था गरिएको बताउँछन् ।

तपाईको प्रतिक्रिया