Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – जनस्वास्थ्य विशेषज्ञहरूले कोभिड-१९ को संक्रमणविरुद्घ सरकारको पूर्वतयारी पर्याप्त नरहेको बताएका छन्। उनीहरूले एक्कासी संक्रमण देखिएको खण्डमा समस्या भयावह हुने भन्दै सतर्कतातर्फ मात्र नभई रोकथाम र उपचारतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘संक्रमण रोकथामका लागि सरकारले गरेको पहल सकारात्मक रहे पनि सबैभन्दा ठूलो कमजोरी तयारी बारे हो,’ जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘रोक्ने प्रयास गर्दागर्दै संक्रमण हुन सक्छ, त्यस्तो अवस्थाका लागि तयारी असाध्यै न्यून छ।’

उनले सानो संख्यामा बिरामी देखिए पनि राख्ने ठाउँको अभाव रहेको औंल्याए। ‘एक्कासी पाँच-सात सय जनाको परीक्षण गर्नुपर्‍यो भने स्थिति भयावह हुन सक्छ,’ वन्तले भने, ‘अन्य मुलुकमा बीसौं हजारको परीक्षण भइरहेको छ, हाम्रो तयारी खोइ ?’

मन्त्रालयका अनुसार हालसम्म कोभिड-१९ भए र नभएको यकिन गर्न ४ सय ३७ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको छ। हालसम्म चीनबाट फर्केका एक विद्यार्थीमा संक्रमण देखिएको थियो, उनी अहिले पूर्ण स्वस्थ छन्।

इडीसीडीका पूर्वनिर्देशक डा. मरासिनी सानो संख्याको नमुना परीक्षण गरेर मात्र संक्रमण छैन भन्न नसकिने बताउँछन्। संक्रमण फैलिएको खण्डमा कसरी जुध्ने भन्ने तयारीमा सरकार नरहेको उनको जिकिर छ । सरकारी निकाय गर्मीयाम आएपछि संक्रमणको सम्भावित खतरा आफैं कम हुने मनस्थितिमा रहेको उनको दाबी छ । डा. मरासिनीले वुहानबाट नेपालीलाई फर्काउन दुई साता लाग्नु तयारीको अभाव पुष्टि भएको दाबी गरे ।***

तपाईको प्रतिक्रिया