अहिले यो मौसमी कोरोना भाइरसले संसारलाई त्राही-त्राही बनाएको छ, मानौ अब संसार नै सकिदैंछ । कतिले त यतिसम्म भन्दैछन् कि मानौ यो नै तेस्रो बिश्वयुद्ध हो । सतर्कता अपनाउन र सचेत हुनका लागि सहि जानकारी दिनु अति जरुरी हुन्छ । तर त्यो भन्दा पनि जानेर होस या नजानेर आफ्नो हिसाबले यति धेरै हल्ला फैलाईएको छ र अहिले यो रोग भन्दा पनि यसको त्रासबाट पर्न गएको अन्य असर चौतर्फी परेको छ । दिन प्रतिदिन व्यवसायिक संस्थाहरु बन्द हुने क्रम सुरु भएको छ र यसले सिंगो बिश्वजगतलाई नै प्रभाव पारेको छ । बिस्तारै आर्थिक मन्दीका असरहरु बढ्दै गएका छन् ।
जे जे भनिएता पनि अहिलेसम्म यसको असर सयभन्दा बढी देशमा फैलिईसकेको छ र १ लाख भन्दा बढी मान्छे संक्रमित छन् । झण्डै ३ हजार भन्दा बढीले ज्यान गुमाईसकेको अवस्था छ भने ६० हजार मान्छे उपचार गराएर फर्किएता पनि दिनानुदिन फैलिदो छ । यसरी हेर्दा यो भयावह लाग्छ । यस्ता महामारी रोगले बेलाबखत लाखौ-करोडौको ज्यान लिने गरेको छ । सन् १९१८ को नोवेम्बरमा भएको विश्वयुद्धमा २ करोड मानिसको ज्यान गएको थियो तर त्यसको समाप्ती पछि फर्किएका सैनिकहरुलाई स्पेनिस फ्लु फैलिएका कारण १० करोडले ज्यान गुमाएको अनुमान छ । विश्वमा सामान्य रुघाखोकीले प्रत्येक वर्ष ४ लाख ५० हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । अझ तथ्याङ्कमा नदेखिएका हजारौ होलान् । तसर्थ यो कोरोनाको महामारीले भन्दा पनि बढी यससंग सम्बन्धित आएका हल्ला र समाचारहरुले गर्दा हरेक व्यक्तिको मनमा मनोवैज्ञानिक त्रास फैलिएको छ ।
यथार्थमा बुझ्न जरुरी छ कि, कुनै पनि रोग लाग्नु र त्यसका कारण ज्यान गुमाउनु डरलाग्दो बिषय त हुँदै हो त्यसैले यसको न्यूनिकरण गर्न सतर्कता अपनाउन जरुरी भने पक्कै देखिन्छ । हरेक कुरा आफ्नो रहनसहन, खानपिन र दैनिकीमा निर्भर हुन्छ ।
अहिले देखिएको यो कोरोना भाइरस नितान्त नयाँ र कमजोर खालको मौसमी भाइरस हो । सामन्यातयाः यसको संक्रमण सबैलाई हुँदैन । दीर्घरोगी, बृद्धबृद्धा तथा अन्य रोगसंग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ । अधिकांश यसका रोगीहरु निमोनियाका शिकार भएका छन् । कोरोनाको संक्रमण हुँदैमा मृत्यु भईहाल्छ भन्ने होइन । तसर्थ यो रोगको संक्रमण भइहाल्यो भने पनि अत्तिइहाल्नु पर्दैन । उपचारमा राम्रो ध्यान दिए उनमुक्ति पाउन सकिन्छ । अहिलेसम्म कोरोना संक्रमणको औषधि पत्ता लागिसकेको भने छैन । तसर्थ यसको संक्रमणबाट बच्न रोकथाम र न्यूनिकरण गर्न विभिन्न उपायहरुको अबलम्बन गर्ने नै हो । त्यसकारण पनि केही कुराहरु बुझनु र ध्यान दिनु जरुरी छ ।
सामन्यतयाः रुघाखोकी लाग्नु, वान्ता हुनु, झाडा पखाला लाग्नु, लगातार जरो आउनु जस्ता लक्षणहरु देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकी वा अस्पताल जाने, परामर्श गर्ने र नियमित औषधि सेवन गर्नुका साथै खानपिनमा ध्यान दिने, जतिसक्दो भिटामिन C, B6, E, Zinc जस्ता खाना एवं प्रशस्त पोषिलो आहार खाने, प्रशस्त पानी पिउने, शारीरिक ब्यायाम गर्ने र शरिरको शक्ति Immunity Power लाई बढाउने, बाहिर निस्कदा मास्क लगाउने, मास्क नपाए पनि चिन्ता गर्नुपर्दैन किन कि मास्क लगाउँदा किटाणुको सिधा प्रवेशलाइ रोक्न र धुलो-धुवाँबाट बच्न सहयोग होला तर यो सामान्य मास्कले भाइरसलाई रोक्छ नै भन्ने होइन । बरु पञ्जा लगाउनु उपयुक्त हुन्छ । साबुनपानीले नियमित हात धुने, सानीटाइजरको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने र भरसक भिडभाडबाट टाढा रहने गरेमा यसको संक्रमणबाट बच्न सकिन्छ । यो मौसमी भाइरस भएकोले सम्भवत गर्मी लागेपछि हराउँदै जान सक्छ । तर तातोपानीले नुहाउँदैमा अथवा तातोपानीमा संक्रमण हुँदैन भन्ने चाँही होइन । केहि शिथिलता त होला किन कि भाइसरहरु मर्नका लागि ६० डिग्री भन्दा माथिको तापक्रम हुनुपर्दछ ।
समग्रमा समयमै यस्ता भाइरसको संक्रमणबाट बच्नका लागि सचेत रहनु नै उचित हुन्छ । कथमकदाचित संक्रमण भए त्यसको औषधि उपचारको सहि बिधि अपनाउनु पर्दछ । त्यो भन्दा महत्वपूर्ण कुरा भनेको कुनै पनि रोगको औषधि उपचार आफ्नो ठाउँमा छ तर उच्च आत्मबल नै प्रमुख कुरा हो ।***