Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ –  हरेक मानिसलाई स्वस्थ हुने इच्छा हुन्छ । तर, जानअन्जानमा हामी आफै शरिरलाई नोक्सान पुर्याइरहेका हुन्छौं । वास्तवमा हाम्रो शरिरको केही अङ्ग यस्ता हुन्छन् जहाँ हामीले छुन हुँदैन तर, हामी यी अङ्गलाई नछोइ बस्न सक्दैनौं । तपाईलाई थाहा नहुन सक्छ कि यी अङ्ग छुनाले ब्याक्टेरिया यसको माध्यमले शरिरमा गएर तपाईलाई बिरामी बनाउन सक्छ । धेरै शोधकर्ताहरुले बताएअनुसार हात शरिरमा ब्याक्टेरियाको प्रशारणमा प्रमुख भूमिका निभाउँछ । जसले तपाईलाई बिरामी बनाउन सक्छ । थाहा पाइराख्नुहोस् शरिरको कुन अङ्गमा छुनाले तपाई आफै रोगहरुलाई निम्ता दिइरहनु भएको पनि हुन सक्छ ।

१. मुख

मुखको माध्यमबाट रोगहरु छिट्टै शरिरसम्म पुग्न सक्छ । यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस । नत्रभने केयौं ब्याक्टेरिया मुखमा पस्न सक्छ । शोधहरुकाअनुसार मानिसको मुखमा लगभग ६ सय ब्याक्टेरियाको बास हुन्छ । शरिरमा हुने खालका इन्फेक्सनको लागि यही ब्याक्टेरिया जिम्मेवार हुन्छ । मुखको माध्यमबाट रोगहरु छिट्टै शरिरसम्म पुग्न सक्छ । यसैले औंलाहरुलाई बारम्बार मुख र ओठमा नराख्नुहोस । नत्रभने केयौं ब्याक्टेरिया मुखमा पस्न सक्छ । शोधहरुकाअनुसार मानिसको मुखमा लगभग ६ सय ब्याक्टेरियाको बास हुन्छ । शरिरमा हुने खालका इन्फेक्सनको लागि यही ब्याक्टेरिया जिम्मेवार हुन्छ ।

२. काखी

काखी जसलाई आर्मपिट पनि भनिन्छ, यसमा लगभग ८० हजार ब्याक्टेरिया हुन्छ । यसै कारणले पसिना आएपछि काखीबाट गन्ध आउन थाल्छ । यसैले तपाईलाई आफ्नो काखी छुन बाट बच्नुपर्छ र हरेक दिनआफ्नो काखीलाई राम्रोसँग सफा गर्नुपर्छ र नियमित रुपमा रौंहरु हटाउनुपर्छ ।

३. कान धेरै मानिसहरु कान चिलाएमा पनि वा नचिलाएमा पनि कानमा औंला राखेर सफा गर्ने बानी हुन्छ । तर, के तपाईलाई थाहा छ कानशरिरको सबैभन्दा फोहोर हिस्सा हो । यसमा हुने मैनको कारण कानमा धेरै ब्याक्टेरिया हुन्छन् । यदी तपाईलाई कान चिलायो भने इयर बडको प्रयोग गर्नु पर्छ र कानलाई सधैं सफा गर्नुपर्छ ।

४. नाक

नाकमा औंला हाल्नु हुन्न किनभने नाकको सासको कारणले ब्याक्टेरिया शरिरको भित्र सम्म पुग्न सक्छ , यसैले नाकलाई दिनमा दुई तीन पटक सफा पानीले सफा गर्नुपर्छ । र यदी तपाईको नाकमा औंला राख्ने बानी छ भने यो नराम्रो बानीलाई आजैबाट छोडी हाल्नुहोस ।

५. नाभी

नाभि देख्नमा सफा हुन्छ तर यो सफाहुँदैन् । यसमा धेरै ब्याक्टेरिया लुकेर बसेको हुन्छ । यसैले यसलाई छुनबाट बच्नुहोस र नुहाएको समयमा यसलाई राम्रो सँग सफा गर्नुहोस ।

६. एनल

शरिरको पछिल्लो भाग, खासगरी एनल धेरै नै फोहोर हुन्छ । यसमा धेरै खालका ब्याक्टेरियाहरु बास गरेका हुन्छन् । त्यसैले यसलाई छ्नबाट बच्न पर्छ ।

तपाईको प्रतिक्रिया