Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक सबै प्रदेश सभामा दर्ता गर्ने तयारी भइरहेको छ । यो मामिलामा संघीय संसदमा पूर्वकानुनमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेतृत्व गरेका छन् । उनले यही फागुन १९ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरे ।

बागमती प्रदेशमा गाँजा खेती सम्बन्धी विधेयक दर्ता भइसकेको छ । बागमतीमा पूर्वमन्त्री केशव स्थापितले २० फागुनमा विधेयक दर्ता गरेका हुन् ।

सांसद तामाङका अुनसार बाँकी छ वटा प्रदेशमा पनि यससम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको छ । ‘प्रदेशका माननीयहरू दर्ता गर्छु भनेर हानथाप गरिरहनुभएको छ । केही दिन भित्रै माननीयहरूको नाम टुंगो लाग्ने र सबै प्रदेशमा दर्ता हुने तामाङले भने ।

संघीय संसदले गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानून बनाउन ढिला नगरोस भन्ने दबाब दिन सबै प्रदेशमा यस सम्बन्धी विधेयक दर्ता गर्ने तयारी गरिएको नेताहरुको भनाइ छ । त्यसो त सम्बन्धित प्रदेशले मात्रै पनि गाँजा खेती वैधानिकता दिन नसक्ने होइन । अमेरिकाको पुरै देशमा गाँजा खेती वैध छैन । तर, बिभिन्न ३५ वटा राज्यले कानून बनाएर गाँजा खेती खुला गरेका छन् ।

नेपालमा भने सबै प्रदेशमा गाँजा खेतीलाई वैधता दिने गरी कानून बनाउन लागिएको सांसद तामाङले बताए । प्रदेश सांसद स्थापित गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानूनका पक्षमा हस्ताक्षर अभियान चलाउने, बहस समूह गठन गरेर यसको सकारात्मक पक्षको फैलावट गर्ने लगायतका कार्य समेत सुरु भइसकेको बताए ।

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङको नेतृत्वमा सबै प्रदेशमा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी विधेयक दर्ता गर्न तयारी भएको भएपनि यो विधेयक ल्याउने सन्दर्भमा सत्तारुढ नेकपामा भने पर्याप्त छलफल नभएको बताईन्छ ।

तामाङले गैरसरकारी विधेयकको रुपमा संसदमा दर्ता गरेका हुन् । सांसदलाई गैरसरकारी विधेयक गर्ने अधिकार छ । यस्तो विधेयक ल्याउँदा सम्बन्धित पार्टीमा छलफल हुनैपर्छ भन्ने पनि छैन । तर, पार्टीको समर्थन नभई विधेयक पारित हुने सम्भावना भने देखिँदैन । किनभने विधेयकमा बहुमत सांसदहरूको समर्थन चाहिन्छ । तर, तामाङले यो पाटोलाई भनेर ख्याल नगरेको कतिपय नेताहरुले बताएका छन ।

केही समय अघि नेकपाकै सांसद विरोध खतिवडाको नेतृत्वमा प्रतिनिधि सभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमा अधिकांश ग्रामिण क्षेत्रका सांसदहरूले समर्थन जनाएको देखिन्छ । तर, यो खतिवडाको समूहसंग समेत सांसद तामाङले विधेयक दर्ता गर्दा छलफल नगरेको नेकपाका नेताहरू बताउँछन ।नेकपाका प्रमुख सचेतक देव गुरुङले पनि विधेयक दर्ता हुनु अघि छलफल नभएको बताए ।
सांसद तामाङ भने पार्टीमा छलफल भएको दाबी गर्छन् । उनी भन्छन्, ‘छलफल भएकै हो, सबैसम्म पुग्यो पुगेन आफ्नो ठाउँमा छ । मेरो विश्वास त अब सरकारले स्वीकार गरेर यो विधेयक सरकारी विधेयककै रुपमा अगाडि बढ्ने विश्वास छ ।’

गाँजालाई वैध बनाउनुपर्ने पक्षका सांसदहरूले दर्ता भएको विधेकलाई सरकारी विधेयकका रुपमा स्वीकार गरियोस भन्दै निवेदन समेत दिने तयारी गरेका छन । ‘गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयकमा सरकारी विधयकको मान्यता दिन माग गर्दै निवेदन दिने तयारी भएको छ’ बागमति प्रदेशका सांसद स्थापितले जानकारी दिए ।

क्यासिनोमा विदेशी जान पाउँछन् तर नेपाली जान पाइँदैन । गाँजा विधेयक पक्षधर सांसदहरू गाँजालाई पनि क्यासिनो मोडलमा लैजानुपर्नेमा जोड दिन्छन् ।

यो मोडलमा जाँदा पर्यटक बढ्ने र आर्थिक उपार्जन गर्न सकिने सांसद तामाङको भनाइ छ । नेपालमा नम्बर वान गाँजा पाइन्छ भन्ने संदेश विश्वलाई दिने गरी जानुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘विदेशी पर्यटकहरुको हकमा रिक्रेशन खुला गर्ने विधि बनायौं भने एनएसीले वाइडबडी, न्यारोबडी धेरै किन्नुपर्ने हुन्छ ।’ १९७० को दशकमा पश्चिमाहरु नेपालमा गाँजा सेवनका लागि आउने गरेको पनि उनले सुनाए ।

‘नेपालमा राम्रो गाँजा पाइन्छ त्यही खाने हो भनेर १९७० को दशकमा विदेशीहरु नेपाल आउँथे । पश्चिमा पर्यटकहरू यसैका लागि आउँथे’ तामाङ भन्छन्, ‘पछिल्लो समय अर्जेन्टिना, क्यानडा लगायका मुलुक र अमेरिकाका कैयौं राज्यहरुले रिक्रेसनका लागि खुला गरिसकेका छन् ।’

बागमती प्रदेशका सांसद स्थापित भने कानून बनाएर विदेशीलाई नेपालमा गाँजा खान आउनका लागि आह्वान गर्नुपर्ने बताउँछन । कानून बनाएर गाँजा खान नेपाल आउन विश्वलाई आव्हान सकिने उनको भनाइ छ । विदेशीलाई मात्रै नभएर मापदण्ड बनाएर नेपालीलाई पनि गाँजा खान दिनुपर्ने स्थापितको माग छ।

संघीय संसदमा र बागमती प्रदेशमा दर्ता भएको विधेयकमा भने गाँजा सेवन गर्न विदेशीलाई दिने नेपालीलाई नदिने सम्बन्धी व्यवस्था छैन । प्रस्तावित विधेयकमा औषधीय प्रयोगमै जोड दिइएको छ । प्रस्तावित विधेयकमा नराखिएको भए पनि गाँजा सेवनको विषयमा निश्चित क्षेत्र तोकेर विदेशीको हकमा खुला गर्ने विषयमा बहस गर्ने सांसद तामाङको प्रतिक्रिया छ । ***

तपाईको प्रतिक्रिया