Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

एक बराबर संसार एक सक्षम संसार अर्थात ’Each for Equal’ को अवधारणा सहित आज बिश्वभर अन्तरराष्ट्रिय महिला दिवस माईएको छ । यद्यपि बिश्वमा फैलिरहेको कोरना भाइरसका कारण भने विभिन्न देशहरुमा सभा-सम्मेलहरु बन्द गरिएका छन् । सन, २०२० को महिला तथा पुरुष बराबर भएर नै घर परिवार समाज हुँदै राष्ट्रनिर्माणमा प्रमुख भूमिका खेल्न सकिन्छ र यसले बिश्वभर सकारात्मक सन्देश दिन सकिन्छ भन्ने मूल एजेण्डाका साथ आज यो दिवस मनाइएको हो ।

‘व्यक्तिगत रूपमा हामीहरु सबै हरेक दिन आफ्नै विचार र कार्यका लागि जिम्मेवार छौं । हामी सक्रिय रूपमा रुढीवादीहलाई चुनौती दिन, विभेदरहित गर्ने अवधारणालाई व्यापक बनाउन र परिस्थितिमा सुधार ल्याउन महिलाहरू सक्षम हुनुपर्छ ।

’सामूहिक रूपमा, हामी प्रत्येक एक लिंग बराबर बिश्व सिर्जना गर्न मदत गर्न सक्छौं ।’ अन्तरराष्ट्रिय मानव अधिकार संघको उमन वाचले भनेको छ ।
‘Each for Equal’ का विषेषताहरु ७ भागमा विभाजित गरिएको छ ।
१. लैंगिक बराबर विश्व निर्माण गरौं
२. ’सामूहिक व्यक्तित्व’ को बारेमा
३. हडताल
४. वार्षिक गतिविधि र सहयोग
५. सामूहिकरूपमा हामी सबै एकै भूमिकामा खेल्न सक्छौं
६. सामाजिक मिडिया मार्फत विस्तार गर्नुहोस्
७. सक्रिय रहनु (कारवाही गर्नु)

नेपालमा महिला हिंसाका अवस्थाहरु:

यसरी महिला र पुरुषको हरेक गतिविधिमा समान रुपले ’दौड, लिंग बराबर बेडरूम, लिंग बराबर सरकार, लैंगिक समान मिडिया कभरेज, लैंगिक समान कार्यस्थल, लैंगिक समान खेल कभरेज, स्वास्थ्य र धनमा अधिक लैंगिक समानताका हामी यसलाई बनाऔं, आउनुहोस’ उमन वाचले विश्लेषण गरेको छ ।
नेपाल साइबर क्राइम ब्यूरोको अनुसार अनलाइन हिंसा र उत्पीडनको सामना गर्ने महिलाहरूको संख्या बढ्दो छ । गत दुई महिनामा साइबर अपराध ब्यूरोमा दायर ३ सय ५३ वटा मुद्दाहरुमध्य करीव ७० प्रतिशत महिलाहरुप्रति निर्देशित अनलाइन दुरुपयोगसंग सम्बन्धित थिए ।

ब्यूरोका अनुसार २०१६ पछि साइबर क्राइम ब्यूरोमा ५ हजार ५ सय ७४ मुद्दाहरु दायर गरिएको छ, जुन यो बर्ष बढेको देखिएको छ, जसमध्ये अधिकांश महिला अनलाइन दुरुपयोगको बारेमा छन् ।
ब्यूरोले भनेको छ ’हाम्रो अनुसन्धानले रामशरण सापकोटा नामका व्यक्तिले उनको छविहरु प्रयोग गरेर उनीबाट पैसा लिन नक्कली आईडी खोलेको पत्ता लगाइयो,’ साइबर क्राइम ब्यूरोद्वारा मुद्दाको अनुसन्धान भइरहेको छ ।’

नेपालमा भएका महिलाविरुद्ध हिंसाहरुको विभिन्न प्रतिवेदन अध्ययन अनुसार नयाँ तथ्यांक :
श्रीमान श्रीमती (लाइफ पार्टनर) प्रति हुने आजीवन शारीरिक तथा मानसिक यौन हिंसाः २०५
पछिल्लो १२ महिनामा शारीरिक तथा यौन हिंसाः ११ दशमलव २५
लाइफटाइम गैर-पार्टनर यौन हिंसा आधिकारिक राष्ट्रीय तथ्यांक उपलब्ध छैन
बाल विवाहः ३९ दशमलव ५
लिंग असमानता सूचकांक श्रेणीः ११ (२)
बिश्व लैंगिक उमेर अन्तर सूचकांक श्रेणीः ११०

फोटो सभार : स्टप भोइलेन्स अगेनेस्ट उमन

तपाईको प्रतिक्रिया