Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – वायुसेवा सञ्चालक संघले यात्रु थोरै भए जहाज ग्राउन्डेड गर्ने, कर्मचारीलाई विनातलब छुट्टी लिन प्रोत्साहन गर्ने र सेवासुविधा कटौती गर्ने  निर्णय  गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यात्रुको संख्या घटेकाले कर्मचारीलाई बेतलबी बिदा दिनुपर्ने अवस्था आएको जनाएको छ । आन्तरिक हवाई उडानमा ४ अर्बभन्दा बढी आम्दानी घट्ने भन्दै एयरलाइन्सहरूले सरकारसँग सहुलियत मागेका छन् ।

संघले वायुसेवा प्रदायकहरूले बैंकलाई तिर्नुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकमार्फत रिफाइनान्स गरी भुक्तानीको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ । त्यस्तै, अमेरिकी डलरमा लिइएको ऋण रकमको साँवा र ब्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनुपर्ने, हवाई इन्धनमा मूल्य अभिवृद्धि कर हटाउने र हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनुपर्ने संघको माग छ ।

संघले नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेन्टीलाई मान्यता दिएर कम्तीमा १ महिनाको क्रेडिट पिरियड दिनुपर्ने, वायुयानका पार्टपुर्जाहरूमा दिइँदै आएको मूल्य अभिवृद्धि कर छुट हुनुपर्ने मागसमेत गरेको छ । वायुयान अवतरण, विमान तथा एयर नेभिगेसन शुल्क २०२० भरि पूरै छुट हुनुपर्ने संघको माग छ ।

तपाईको प्रतिक्रिया