Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भएको पूँजी केही व्यक्तिको अधिनमा रहेकोले आर्थिक विकास सुस्त गतिमा भएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम घोषणा कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारका कारण देशभित्र रहेको पूँजी केही पूँजीपतिहरुको अधिनमा रहेको बताए।

उनले सरकार देशको आर्थिक विकासभन्दा पनि पूँजीपतिहरुको विकासमा केन्द्रित भएको आरोप समेत लगाए। उनले बैंकहरुमा देशकै अर्थतन्त्र बराबरको पूँजी जम्मा भएको तर त्यसको प्रयोग एक दुई सय जनाले मात्र गरेकोले देशको आर्थिक विकास नभएको बताए।

उनले पूँजीको पहुँच साना र मझौला व्यवसायीहरुमा नपुगेसम्म आर्थिक विकास नहुने समेत बताए। उनले भने, ‘अहिले हाम्रो बैंकहरुमा झण्डै हाम्रो कुल गार्हस्थ उत्पादन बराबर ३३/३४ खर्ब रुपैयाँ पूँजी रहेको छ। तर त्यसको प्रयोग कसले गरेको छ भने जम्मा सय दुईसय ठूला घरानाहरु छन् तिनिहरुले। ३३/३४ खर्ब रुपैयाँ प्रयोग गरिराखेका छन्। जबकी यहाँ ५० औं लाख साना र मध्यम उद्योग व्यवसायीहरु छन उनिहरुले सामान्य बिउ पूँजी समेत प्राप्त गर्न सकेका छैनन्। त्यसो भएको हुनाले सबैभन्दा पहिले हामीसंग उपलब्ध जुन पूँजी छ त्यसको साना र मध्यम व्यवसायीहरुमा हामीले ठीक ढंगले वितरण गर्ने व्यवस्था हुन परयो।’

उनले प्रत्येक वर्ष रेमिट्यान्स ८ खर्ब आउने र त्यसको १० प्रतिशत सञ्चय हुने र बाँकी ९० प्रतिशत उपभोग गर्ने प्रकारको अर्थतन्त्र हुन नसक्ने बताए। उनले भने, ‘विदेशबाट श्रम बेचेर पैसा ल्यायो अनि विदेशकै सामान मगायौं। यहाँ खाएर फोहोर गर्ने मात्रै विदेशमा चाहिं श्रम बेच्ने त्यसले कमाएकोले विदेशबाट वस्तु आयात गर्ने अनि यहाँ फोहोर गर्ने यस्तो अर्थतन्त्र हुनै सक्दैन।’ ***

तपाईको प्रतिक्रिया