Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – आगामी जुलाईमा हुने जापानी भाषा परीक्षा (जेएलपिटी) को फारम खुलेको छ । जुलाई ५ देखि संचालन हुन लागेको भाषाको परीक्षाको आवेदन फारम बिहिबारबाट खुलेको हो ।

उक्त परीक्षाको शुल्क अब खल्ती वालेट प्रयोग गरी अनलाइनमार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान) संग सहकार्य गरी परीक्षाको शुल्क अनलाइनबाटै तिर्न मिल्ने सुविधा ल्याएको हो । लेभल एन- १ देखि एन-५ सम्मका फर्ममध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क तीन हजार रुपैयाँ लाग्नेछ ।

अब आवेदन शुल्क तिर्न लाइन बस्न पर्ने छैन । खल्ती एपमार्फत सजिलै तिर्न सकिने खल्तीका निर्देशक अमित अग्रवालले जानकारी दिए । ‘परीक्षार्थीले अनलाईन फारम गरिसकेपछि शुल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् । त्यहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केही सेकेन्डमै शुल्क भुक्तानी गर्न सकिनेछ,’ – उनले भने ।

जापान नेपाली युवाहरुको रोजाईमा रहेको एक आकर्षक शैक्षिक गन्तव्य हो । हरेक वर्ष उच्च शिक्षाका लागि धेरै विद्यार्थी जापान प्रस्थान गर्ने गर्छन् । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ । ***

तपाईको प्रतिक्रिया