Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्वका विभिन्न देशमा गरी कोरोना भाइरसका सङ्‌क्रमितको सङ्ख्या एक लाख नाघेको जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्‌कअनुसार यस भाइरसको प्रकोपबाट सङ्‌क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख १ सय १३ पुगेको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्‌कअनुसार यस प्रकोपबाट सङ्‌क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका सङक्रमित करिब ८० हजार जना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्याङ्‌कमा उल्लेख गरिएको छ । विश्वभर हाल कोरोना सङ्‌क्रमित १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमले दिएका छन् । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस कोरोना भाइरस सङ्‌क्रमणबाट चीनमा मात्र ३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा यस भाइरसको सङ्‌क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्‌ख्या शनिबारसम्म ३ हजार ५ सय नाघेको छ । यस भाइरसको सङ्‌क्रमण ९२ वटा देशमा फैलिएको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६ हजार ७ सय ६७ जनामा कोरोना सङ्‌क्रमण देखिएको शनिबार जनाइएको छ ।

कोरोना भाइरसबाट इटालीमा १ सय ९७ जनाको ज्यान गएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेर १ सय ९७ पुगेको बताइएको छ । त्यसैगरी गरी इटालीमा ३ हजार ९ सय १६ जनामा यस रोगको सङ्‌क्रमण भएको पाइएको छ । इटालीका विभिन्न २२ वटा सहरमा यसको प्रकोप देखिएको छ। इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ ।

उता संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोरोना जीवाणु (भाइरस) का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको सङ्‌ख्या १६ पुगेको बताइएको छ । संयुक्त राज्य अमेरिकामा २ सयभन्दा बढी व्यक्तिमा यस भाइरसको सङ्‌क्रमण देखिएको छ । यस भाइरसको प्रकोपबाट स्पेनमा पनि ५ जनाको ज्यान गएको छ। शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ ५ जनाको मृत्यु भएको हो । शुक्रबार प्राप्त भएको एक समाचारमा त्यहाँ यस प्रकोपबाट एक जनाको ज्यान गएको र त्यससँगै यसबाट ज्यान जानेको सङ्‌ख्या ५ पुगेको हो ।

स्पेनका स्वास्थ्य अधिकारीहरुले यस भाइरसबाट सङ्‌क्रमित हुने व्यक्तिको सङ्‌ख्या ३ सय ६५ पुगेको छ । यहाँ पनि दिन प्रतिदिन यसका सङ्‌क्रमितको सङ्‌ख्या बढ्दै गएको छ । स्पेनको म्याड्रिड सहरमा नै यसका सङ्‌क्रमित भेटिएका छन्। स्पेनका स्वास्थ्य अधिकारीहरुले बिहीबार मात्र त्यहाँ १ सय २ जना नयाँ सङ्‌क्रमित भेटिएका छन् । राजधानी म्याड्रिड सहरमा शुक्रबारसम्म १ सय ३७ जना यस भाइरसका सङ्‌क्रमित उपचारमा रहेका छन् । उक्त सहरमा गएरातिसम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ ।

ती दुई जनामध्ये एक जना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका वृद्ध पुरुष रहेका छ न्। यहाँका अधिकारीहरुले पनि यो भाइरसले बढीजसो वृद्धवृद्धालाई शिकार बनाउने गरेको अनुभव बताएका छन् । यसैगरी प्राप्त समाचारमा यो भाइरसको सङ्‌क्रमण नेदरल्यान्ड्समा पनि देखिएको छ । नेदरल्यान्ड्समा यसको प्रकोपबाट एकजना वृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शुक्रबार मात्र नेदरल्यान्ड्समा यस भाइरसबाट एकजना ८६ वर्षीय वृद्धकाे ज्यान गएको छ । रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । नेदरल्यान्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका सङ्‌क्रमित रहेको पाइएकोमा त्यो सङ्‌ख्या बढेर शनिबार नै १ सय २८ पुगेको बताइएको छ । यसका कारण यहाँको सरकारले विशेष सतर्कता अपनाएको पनि जनाएको छ । यसैबीच इरानबाट प्राप्त भएको पछिल्लो समाचारमा त्यहाँ यसको प्रकोपबाट मृत्यु हुनेको सङ्‌ख्या १ सय २४ पुगेको छ । इरानी सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो । योसँगै यस भाइरसबाट मृत्यु हुनेको सङ्‌ख्या १ सय २४ पुगेको हो ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो सङ्‌क्रमणबाट शुक्रबार साँझसम्ममा ४ हजार ७ सय ४४ जना सङ्‌क्रमित रहेका छन् । यहाँ हरेक दिन नयाँ-नयाँ सङ्‌क्रमित थपिँदै गएका बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिन यतामात्र यहाँ १ हजार २ सय ३४ जना नयाँ सङ्‌क्रमित थपिएका छन् । नयाँ सङ्‌क्रमितहरु ठूलो सङ्‌ख्यामा थपिँदै गएकोले अवस्था चिन्ताजनक रहेको पाइएको समाचारमा जनाइएको छ । –एएफपी

तपाईको प्रतिक्रिया