Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल भ्रमणमा रहेकी मिस वर्ल्ड टोनी एन सिंह मकवानपुरको कैलाश गाउँपालिका ७ तामलाङ गाउँ पुगेकी छन् । तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि सिंह, मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका हुन् ।पाहुनाहरु तामलाङ पुग्दा स्थानीय वासिन्दाले भव्य स्वागत गरेका थिए । तामलाङस्थित ङिको स्वास्थ्य चौकी मिस नेपाल २०१८ कि विजेता श्रृंखला खतिवडाले बनाइदिएकी हुन् । स्वाथ्यचौकी अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको बागमती प्रदेश सांसद एवं खतिवडाकी आमा मुनु सिग्देलले जानकारी दिइन् ।कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वर्ल्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ब्युटी विथ पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन् ।  कार्यक्रममा बागमती प्रदेश सांसद सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया