Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – मास्कमा कालोबजारी भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी परे पनि विभागले अनुगमन थालेको छ ।कोरोना भाइरसको त्रासले औषधि पसलहरु तथा सर्जिकल फर्महरुले मास्क लुकाउन थालेको र मूल्यसमेत बढी लिएको भन्दै विभागमा उजुरी परेपछि विभागले मास्क केन्द्रित अनुगमन थालेको हो ।

मास्कमा कालोबजारी भएको भन्दै विभागमा उजुरी परेका र सञ्चारमाध्यमहरुमा आएका समाचारलाई पनि उजुरीका रुपमा लिएर मास्कलक्षित बजार अनुगमन थालिएको विभागका निर्देशक सागर मिश्रले जानकारी दिए ।

‘त्यसबाहेक केही मास्कमा कालो बजारी भइरहेको गुनासाहरु पनि आएकाले मास्क केन्द्रित अनुगमन भइरहेको छ,’ उनले भने । उनका अनुसार कृत्रिम अभाव गर्ने केही औषधि पसलहरुलाई कारवाहीसमेत गरिएको छ । क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

उक्त सर्जिकलले उपभोक्ता संरक्षण ऐनको दफा ३८को उपदफा १ को (ख) अनुसारको कसुर गरेकाले २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्न सर्जिकल पसलललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । खरिदबिक्री बिल देखाउन नसकेपछि विभागले कारवाही गरेको जनाएको छ ।

विभागले त्रिपुरेश्वर क्षेत्रका केही सर्जिकल पसलहरुमा अनुगमन गरेको जानकारी दिएको छ । त्रिपुरेश्वर क्षेत्रका अधिकांश पसलले खरिद बिल नराखेको भन्दै विभागले जरिवाना गरेको जनाएको छ ।

विभागका अनुसार खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिसटेल सर्जिकल सप्लायर्सलाई विभागले पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया