Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४ लाख ५ हज़ार रुपैया सहयोग गरेको छ । क्लबले उक्त रकम गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा धुर्मुस-सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको हो ।गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको छ । सन् २०१७ मा जापान भ्रमणका अवसरमा क्दबको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि क्लबले १ लाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो । क्लबले प्रत्येक नेपाली नयाँ वर्ष तथा क्लबको बार्षिकोत्सवका अवसरमा जापानमा रनिङ कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट भएको नाफाबाट खेलसंग सम्बन्धित क्षेत्रमा प्रत्येक वर्ष सहयोग गर्दै आएको छ ।यसवर्ष भने भने कोरोना भाइरसका कारण जापान सरकारले गरेका केही निर्णयलाई मध्यनजर गर्दै केही समयपछि अर्थात २०२० मे महिनाको अन्त्यतिर जापानको अवस्था हेरेर प्रतियोगिता गर्ने क्लबले जनाएको छ । उक्त प्रतियोगितामा पनि सबैको साथ-सहयोगको अपेक्षा गरिएको क्लबका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए । साथै उनले सबैको सहयोले सामाजिक कार्यमा निरन्तर सक्रिय रहने समेत बताए ।‘स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रिय खेल भलिबलमार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ । साथै स्थापना कालदेखि नै निरन्तर खेलकूद क्षेत्रसंगै सामाजिक कार्यमा पनि थुप्रै आर्थिक सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया