Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली बजारमा सुनको भाउ लगातारजसो बढिरहेको छ । आज नेपाली बजारमा सुनको भाउ ह्वातै बढेर हालसम्मकै महँगो बनेको छ ।

बुधबार सुनको मूल्य ८० हजार ५ सय पुगेको छ । एक दिनमा दुई हजार दुई सयले बढेर ८० हजार ५ सयमा पुगेको सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको हो । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएको थियो ।

यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ कीर्तिमानी बनाएको थियो । आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ ।

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया