Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – लग्जेमबर्ग सितैमा सार्वजनिक गाडी चढ्न पाइने विश्वकै पहिलो देश बनेको छ । लग्जेमबर्गमा अबदेखि सार्वजनिक सवारीसाधन चढ्दा पैसा तिर्न नपर्ने भएको छ । शनिबारदेखि रेल, बस र अन्य सार्वजनिक सवारीसाधन चौबीसै घण्टा सित्तैमा चढ्न पाइने भएको हो ।

यो घोषणासँगै सार्वजनिक सवारीसाधनमा भाडा हटाउने लग्जेमबर्ग विश्वकै पहिलो राष्ट्र बनेको छ । यो निर्णयले धनी-गरिब बीचको दुरीलाई हटाउन मद्दत पुग्ने बताइएको छ । आर्थिक रुपमा लग्जेमबर्ग फस्टाएपनि त्यहाँ ट्राफिकको समस्या रहेको इन्डिपेन्डेन्टले जनाएको छ । त्यहाँ अरु युरोपियन यूनियनका राष्ट्रहरूमा भन्दा धेरै कार रहेको छ भने औसतमा पाँच जनामध्ये एक जनाले मात्रै सार्वजनिक सवारीसाधन प्रयोग गर्ने गर्छन् ।

यसअघि पनि २० वर्षमुनिका सबै जनालाई सार्वजनिक सवारीसाधनमा भाडा नचाहिने व्यवस्था थियो भने ३० वर्षसम्मका विद्यार्थीहरुलाई छुट दिइएको थियो । अरुलाई दुई घण्टा सवारीसाधन चढेको दुई यूरो मात्रै लाग्थ्यो । प्रथम श्रेणीको भने तीन यूरो लाग्थ्यो । प्रथम श्रेणीका यात्रुहरुले भने अहिले पनि टिकट किन्नु पर्ने बिबिसीले बताएको छ ।

निशुल्क सवारीसाधन चढ्नेले आधिकारिक परिचयपत्र देखाउनु पर्नेछ । निःशुल्क सार्वजनिक सवारी चढ्ने व्यवस्थाको दुरुपयोग नहोस् भन्न परिचय पत्र देखाउनुपर्ने व्यवस्था गरिएको हो । परिचयपत्र नदेखाएमा सर्वजनिक सवनरीसाधन चढ्न प्रतिबन्ध लगाइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया