Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ आज भने ह्वातै घटेको छ । आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसको प्रकोप र विश्व शेयर बजारको असर नेपाली सुन बजारमा पनि पर्दै आएको छ । जसका कारण सुनको भाउ लगातार बढ्दै आएको थियो । तर, आज भने सुनको भाउमा कमी आएको हो ।

तपाईको प्रतिक्रिया