Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोना भाइरसको त्रासले शुक्रबार तीव्र गतिमा ओरालो लागेपछि विश्वभरका सेयर बजारले २००८ को वित्तीय संकटपछिकै ठूलो क्षति बेहोरेका छन् । पछिल्लो एक सातामा बजारले ५० खर्ब डलर बराबरको सम्पत्ति गुमाएको छ ।

युरोपका बजार ३ देखि ५ प्रतिशतले घटेका छन् । संसारमै सुरक्षित मानिएको अमेरिकी सरकारको ऋणपत्रको मूल्य घटेर पछिल्लो समयको न्यून विन्दुमा आएको छ । चीनबाट सुरू कोरोना भाइरस महिनाभरमै नियन्त्रणमा आउनेछ र आर्थिक गतिविधि पुनः सञ्चालन हुन्छ भन्ने अनुमान गलत साबित भएपछि लगानीकर्ताको मनोबल खस्किएको छ ।

अर्को महिना अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दर घटाउने र अरू बैंकले पनि त्यसलाई पछ्याउने अनुमान छ । पहिले पनि फेडरल रिजर्भले ब्याज घटाएपछि युरोपेली र अरू केन्द्रीय बैंकले ब्याज घटाउँथे । अन्तर्राष्ट्रिय यातायात र आपूर्ति व्यवस्था बिथोलिएको छ, स्कुल-कलेज बन्द गरिएका छन् भने ठूला अन्तर्राष्ट्रिय सम्मेलन स्थगित छन् । अमेरिका-चीनको व्यापार युद्धले विश्व अर्थतन्त्र यसै पनि अप्ठ्यारो अवस्थामा थियो ।

झन्डै ५० ठूला देशका सेयर बजार कारोबार मापन गर्ने एमएससिआई परिसूचक शुक्रबार एक प्रतिशतले घटेको छ । वाल स्ट्रिटका ठूला कम्पनीको सेयर मूल्य बिहीबार मात्रै ४.४ प्रतिशत घटेको छ । युरोपका वायुसेवा तथा ट्राभल कम्पनीको सेयर मूल्य एक सातामा १८ प्रतिशत घटेको छ । जापानबाहेक प्रमुख एसियाली सेयर बजारमा २.६ प्रतिशत गिरावट आएको छ भने जापानी सेयर बजार परिसूचक निक्की ३.७ प्रतिशत ओरालो लागेको छ । जापानमा हुने भनिएको ओलम्पिक खेल पनि स्थगित हुने चर्चा चुलिएको छ ।

तपाईको प्रतिक्रिया