सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – दुई दिने भ्रमणका क्रममा भारत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जोडीले आग्राको ताज महल अवलोकन गरेका छन् ।

भारतको अहमदावादस्थित भल्लवभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ११:४० बजे अवतरण गरेका राष्ट्रपति ट्रम्प र अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले सोमबार बेलुका प्रेमको अन्तिम निशानी मानिएको ताज महल अवलोकन गरेका हुन् । ट्रम्प जोडीले विभिन्‍न रंगका फूलहरुले सजिएको ताज महलको आँगनबाट प्रेमको अन्तिम निशानी नियालेका थिए । उनीहरुले ताज महलको अतिथि पुस्तकमा हस्ताक्षरसमेत गरेका छन् ।

उनीहरु त्यहाँ हिडिरहँदा गाइडले उनीहरुले त्यसको बारेमा बेलिविस्तार लगाइरहेका थिए । त्यही समयमा उनीहरु ताज महल हुँदै सूर्यास्त भइरहँदा दृश्यमुनी हातमा हात समातेर हिंडिरहेका थिए । ट्रम्प फोटो ग्राफरलाई पोज दिँदै जिस्किए, ‘के तपाईं अहिले यही पत्रकार सम्मेलन गर्न चाहानु हुन्छ ?’ अमेरिकी पहिलो महिला मेलानियाले उक्त क्षणलाई दुई शब्दमा समेटिन् र भनिन् – ‘मायालु’ र ‘सुन्दर’ ।***

तपाईको प्रतिक्रिया