सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – उरुग्वेका स्टार खेलाडी इडिन्सन काभानीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नयाँ कीर्तिमान बनाएका छन् । उनी पीएसजीका लागि २०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले पीएसजीका लागि २९७ खेलमा २०० गोल पूरा गर्न सफल भएका हुन् ।

आइतबार राति भएको ब्रोडेउक्सविरुद्धको खेलमा एक गोल गर्दै उनले पीएसजीका लागि नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । उक्त खेलमा पीएसजीले ब्रोडेउसलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

काभानी सन् २०१३ मा नापोलीबाट पीएसजीमा आएका थिए । काभानीले १९९ लिग खेलमा १३८ गोल गरेका छन् । काभानी पीएसजीका लागि लिग वानमा पनि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पीएसजीका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडीको रुपमा जलाटन इब्राइमोविच रहेका छन् । उनले १५६ गोल गरेका छन् ।

काभानी पीएसजीका लागि धेरै खेल खेल्ने नवौं खेलाडीको सूचीमा पनि छन् ।

तपाईको प्रतिक्रिया