Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – करिब ४० दिनदेखि चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा ७६ हजार ९ सय १८ जना संक्रमित भएका छन् । उक्त भाइरसको संक्रमणबाट चीनमा आइतबार बिहानसम्म २ हजार ४ सय ४१ जनाको मृत्यु भएको चाइना डेलीले जनाएको छ ।

शनिबार कोरोनाको संक्रमणबाट ९६ जनाको ज्यान गएको छ । शुक्रबार चीनमा १०९ र इटलीमा एक जनाको ज्यान गएको थियो । उक्त समाचारका अनुसार, पछिल्ला केही दिनमा मृतकको संख्यामा कमी नआएपनि संक्रमित हुनेको संख्या भने घट्न थालेको छ । शनिबार ६ सय ३० जना जना संक्रमित फेला परेका छन् ।
पछिल्लो समय चीनमा दैनिक संक्रमितको संख्या घट्दैगएपनि चीनबाहिर भने संक्रमितको संख्या बढ्दै गएको छ।

चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । यसअघि हङकङ र फिलिपिन्समा पनि कोरोना भाइरसबाट एक/एक जनाको ज्यान गएको छ ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्। शुक्रबारयता थप २२९ जनामा कोभिड–१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसंग भएको अधिकारीहरूले बताएका छन्। हालसम्म जापानमा ६१३ जना संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ । ***

तपाईको प्रतिक्रिया